काठमाडौं । नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमा पटक– पटक समस्या आएपछि अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । मन्त्रालयले नेप्सेका पदाधिकारी र नेपाल धितोपत्र बोर्डका पदाधिकारीलाई एकै ठाउँमा राखेर छिटो समाधान गर्न निर्देशन दिएको हो ।
स्टक एक्सचेन्जले टिएमएसमा समस्या देखिएको र यसको समाधान बिहीबारसम्ममा भइसक्ने प्रतिवद्धता व्यक्त गरेको छ । सफ्टवेयरमा देखिएको समस्याले गर्दा विगत दुई साता भित्र तीन पटक कारोबार रोकिसकेको छ ।
यसले गर्दा लगानीकर्ताले समयमा कारोबार गर्न सकेका छैनन् । समयमा कारोबार गर्न नपाएपछि लगानीकर्ताले चर्को विरोध गर्दै आएका छन् । चौतर्फी विरोधपछि मन्त्रालयले आज लागि छलफल गर्न बोलाएको थियो ।
नेप्सेले सफ्टवेयरमा देखिएको समस्या हार्डवेयरका कारणले भएको र त्यसका लागि हार्डवेयरको क्षमता बढाउने काम भइरहेको बताइएको छ ।