Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

१७ डीआईजी र २७ जना एसएसपीको सरुवा

१७ डीआईजी र २७ जना एसएसपीको सरुवा

  • आइतवार, माघ १ २०७९

  • 310
    SHARES

  • १७ डीआईजी र २७ जना एसएसपीको सरुवा

    काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहका प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ  । यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट १७ डीआईजी र २७ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको हाे।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ पठाइएको छ । उहाँको ठाउँ प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा कणाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट पोषराज पोखरेललाई ल्याइएको छ ।

    विशेष ब्युरो नक्सालमा रहनुभएका अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सरुवा गरिएको छ । यस्तै प्रहरी प्रधान कार्यालयमा रहनुभएका वसन्तबहादुर कुँवरलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ ।

    प्रहरी प्रधान कार्यालयमा रहनुभएका दीपक थापालाई बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पठाइएको छ भने उहाँको ठाउँमा बाग्मती प्रदेश प्रहरी कार्यालयबाट किरण बज्राचार्यलाई ल्याइएको छ । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयबाट भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट डीआईजी दुर्गा सिंहलाई प्रदेश समन्वय विभाग नक्सालमा ल्याइएकामा अहिले प्रहरी शिक्षालय भरतपुर चितवनमा काज सरुवा गरिएको छ । 

    एसएसपी सरुवा 

    शुक्रवार नै गृहमन्त्रीस्तरीय निर्णयअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट एसएसपी दानबहादुर कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ ल्याइएको छ । परिसरका प्रमुख भरतबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा खटाइएको छ ।

    प्रहरी प्रधान कार्यालमा रहनुभएका डा मनोजकुमार केसीलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको छ । यस कार्यालयका प्रमुख जनक भट्टराईलाई भने प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ ।

    प्रहरी प्रधान कार्यालयबाट सुशीलसिंह राठौरलाई कर्णाली प्रदेश तालिम केन्द्रमा पठाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका लालमणि आचार्यलाई ल्याइएको छ । 

    प्रहरी प्रधान कार्यालयबाट जीवनकुमार श्रेष्ठलाई बबरमहलमा रहेकाे मानवबेचविखन अनुसन्धान ब्युरोमा पठाइएको छ भने ब्युरोका अनुरागकुमार द्विवेदीलाई अपराध अनुसन्धान निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।


    आइतवार, माघ १ २०७९०८:०९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij