Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

डडेलधुरामा १८ दिनदेखि बेपत्ता बोहोराको गाडेको अबस्थामा शव फेला, हत्याको आशंका

डडेलधुरामा १८ दिनदेखि बेपत्ता बोहोराको गाडेको अबस्थामा शव फेला, हत्याको आशंका

  • शनिवार, पौष ३० २०७९

  • 436
    SHARES

  • डडेलधुरामा १८ दिनदेखि बेपत्ता बोहोराको गाडेको अबस्थामा शव फेला, हत्याको आशंका

    काठमाडौं। डडेलधुरामा बेपत्ता बालक बोहोराको शव १८ दिनपछी माटोमुनी गाडेको अबस्थामा फेला परेको छ। १८ दिन पहिले १२ पुसदेखि हराइरहेका आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव माटोमुनि गाडेको अवस्थामा फेला परेको हो ।

    पुस १२ गतेदेखि घरपरिवारको सम्पर्क बाहीर रहेका उनको परिवारले हराएको भन्दै प्रहरीलाई जानकारी दिएको थिएन। पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएकापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

    अनुसन्धानको क्रममा प्रहरीले शङ्कास्पदस्थल उत्खनन गर्दा बालकको शव फेला पारेको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडुले जानकारी दिनुभयो ।

    बालकको घरमा आमा, सौतेनी आमा र एक जना दाइ छन्। बुबा भने रोजगारीका लागि घर बाहिर छन्।घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले दुवै आमालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।


    शनिवार, पौष ३० २०७९०१:४४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij