फाइल फोटो
काठमाडौं । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ स्थित सिधुवा बजारमा भीषण आगलागी भएको छ । एक होटलबाट सुरु भएको आगलागीका कारण पाँच घर जलेर नष्ट भएका छन् ।
आगो नियन्त्रण तेह्रथुमको बसन्तपुर र धनकुटाको दमकलले गरेको थियो । आगो नियन्त्रणमा आर्मी, सशस्त्र प्रहरीसहित स्थानीय पनि जुटेका थिए ।
क्षतिको थप विवरण आउन बाँकी छ ।