Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने भोलि थुनामुक्त हुने

सन्दीप लामिछाने भोलि थुनामुक्त हुने

  • बिहिवार, पौष २८ २०७९

  • 372
    SHARES

  • सन्दीप लामिछाने भोलि थुनामुक्त हुने
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार(भोलि) थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार(आज) २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै भोलि थुनामुक्त हुने भएका हुन् ।
     
    उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण भोलि मात्र रिहा हुने भएका हुन् ।
     
    उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिनुभएको छ। सन्दीपलाई विदेश जान भने रोक लगाइएको सन्दीपको पक्षबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले जानकारी दिनुभयो।


    बिहिवार, पौष २८ २०७९०७:३६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij