Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

यस्तो रहने छ आज देशभरको मौसम ?

यस्तो रहने छ आज देशभरको मौसम ?

  • बिहिवार, पौष २८ २०७९

  • 244
    SHARES

  • यस्तो रहने छ आज देशभरको मौसम ?

    काठमाडौं । आज बिहिबार प्रदेश नम्बर १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागसहित लुम्बिनीका केही भागमा बिहान आंशिकदेखि सामान्य बदली रहेको छ।

    बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। मधेश प्रदेशका पूर्वी तथा मध्य भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका भू–भाग तथा गण्डकीको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही तथा प्रदेश–१ र बागमतीका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    यस्तै राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

    विभागका अनुसार​ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।


    बिहिवार, पौष २८ २०७९०७:३०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij