Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

खाना नपकाएको रिसमा श्रीमानले कुटेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

खाना नपकाएको रिसमा श्रीमानले कुटेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

  • बुधवार, पौष २७ २०७९

  • 537
    SHARES

  • खाना नपकाएको रिसमा श्रीमानले कुटेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    काठमाडौं । खाना नपकाएको झोंकमा झापामा एक युवकले निर्घात कुटपिट गरेर पत्नीको हत्या गरेका छन् ।

    भोजपुरको अरुण गाउँपालिका १ घर भएका र हाल झापाको अर्जुनधारा नगरपालिका ९ खरबानीचोक बस्दै आएका ३५ वर्षीय विश्वराज घिसिङले श्रीमतीको हत्या गरेका हुन् । कान्छी श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङलाई उनले खाना नपाएको झोंकमा कुटपिट गरेका हुन् ।

    मादकपदार्थ सेवन गरेर विश्वराजले श्रीमती प्रमिलाको पेट र छातीमा निर्घात प्रहार गरेपछि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

    घर बनाउने मिस्त्रीको काम गर्दै आएका विश्वराज घरमा उपचारका लागि भोजपुरबाट आमासमेत आएको भन्दै हिजो साँझ मासु लिएर घर गएको बताइएको छ । साँझ साढे ७ बजे श्रीमतीले बिहानदेखिको भाँडा नमाझेको र बेलुकीको खानासमेत नपकाएको झोंकमा कुटपिट गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

    उक्त घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले विश्वराजलाई पक्राउ गरेको हो । उनको पहाडमा जेठी श्रीमती र दुई छोराछोरी रहेको बताइएको छ । मृतक प्रमिलाको पनि पहिलो श्रीमानतर्फका एक छोरा र एक छोरी छन् भने विश्वराजको तर्फबाट ८ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ ।


    बुधवार, पौष २७ २०७९०३:२९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij