Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बागलुङमा पहिरोले पाँच घर पुरिए, एकजना बेपत्ता

बागलुङमा पहिरोले पाँच घर पुरिए, एकजना बेपत्ता

  • सोमवार, भाद्र २९ २०७७

  • 849
    SHARES

  • बागलुङमा पहिरोले पाँच घर पुरिए, एकजना बेपत्ता

    बागलुङ । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका १, कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँचवटा घर पुरिएको छ भने एकजना बेपत्ता भएका छन् ।

    घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका छन् । परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो ।

    पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घरमा पूर्ण रूपमा क्षति पु¥याइएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ । रासस

     


    सोमवार, भाद्र २९ २०७७०९:३२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij