Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

  • बुधवार, पौष २७ २०७९

  • 239
    SHARES

  • हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु लागेको छ।

    आज दिउँसो सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम  तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     
    उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना  तथा तराईका केही  भू-भागहरूमा बाक्लो  हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ 


    बुधवार, पौष २७ २०७९०७:००:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij