Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरलाई गृहको जवाफ : प्रक्रिया पुर्‍याए मात्रै सुकुम्बासी बस्ती हटाउन सहयोग हुन्छ

काठमाडौं महानगरलाई गृहको जवाफ : प्रक्रिया पुर्‍याए मात्रै सुकुम्बासी बस्ती हटाउन सहयोग हुन्छ

  • मंगलवार, पौष २६ २०७९

  • 307
    SHARES

  • काठमाडौं महानगरलाई गृहको जवाफ : प्रक्रिया पुर्‍याए मात्रै सुकुम्बासी बस्ती हटाउन सहयोग हुन्छ

    काठमाडौं। गृह मन्त्रालयले काठमाडौं महानगरपालिकालाई ‘प्रक्रिया पुर्‍याएको अवस्थामा’ मात्रै थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजिरहेको सहयोग गर्ने जवाफ दिएको छ।

    व्यवस्थित रुपमा प्रक्रिया पुर्‍याएर बस्ती हटाउनका लागि गृहले सहयोग गर्नेबारे गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी गराउनुभयो।

    मंसिरको दोस्रो साता बागमती नदी किनारामा रहेका अनधिकृत संरचना हटाउन पुगेको महानगरको टोलीमाथि आक्रमण भएको थियो। त्यसपछि महानगरका मेयर बालेन्द्र शाह तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग सहयोग माग्न पुग्नुभएको थियो ।

    गृह प्रशासनले सहयोग गरे बागमती सहितका नदी किनारका अव्यवस्थित बस्ती हटाउने भन्दै महानगरले १३ पुसमा गृह मन्त्रालयलाई अनाधिकृत बस्ती तथा संरचना हटाउन सहयोग माग्दै पत्र लेखेको थियो।

     


    मंगलवार, पौष २६ २०७९०५:५७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij