Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आरम्भ चौतारी लघुवित्तको कार्यक्षेत्र राष्ट्रियस्तरमा विस्तार गर्न स्वीकृति

आरम्भ चौतारी लघुवित्तको कार्यक्षेत्र राष्ट्रियस्तरमा विस्तार गर्न स्वीकृति

  • सोमवार, भाद्र २९ २०७७

  • 1.9K
    SHARES

  • आरम्भ चौतारी लघुवित्तको कार्यक्षेत्र राष्ट्रियस्तरमा विस्तार गर्न स्वीकृति

    काठमाडौं।रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतरी लघुवित्त र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त मर्ज भएर बनेको आरम्भ चौतारी लघुवित्तको कार्यक्षेत्र अव देशव्यापी हुनेभएको छ ।

    नेपाल राष्ट्र बैंकले यस लघुवित्तलाई कार्यक्षेत्र राष्ट्रियस्तरमा परिणत गर्नका लागि हिजो स्वीकृतिपत्र प्रदान गरेको हो । राष्ट्र बैंकको स्वीकृतिसँगै आरम्भ चौतरी लघुवित्तले देशको जुनसुकै ठाउँमा आफ्नो सेवा विस्तार गर्न मिल्ने भएको छ ।

    यसअघि चौतारी लघुवित्तलाई १६ जिल्लामा कार्यक्षेत्र विस्तार गर्न सक्ने अनुमती थियो भने आरम्भ लघुवित्तलाई १५ जिल्लामा कार्यक्षेत्र विस्तार गर्न सक्ने अनुमती रहेको थियो ।

    यी दुवै लघुवित्तले मर्ज भएर केही समय अगाडिदेखि एकिकृत कारबोबार पनि शुरु गरिसकेका छन् । मर्जपछि आरम्भ चौतारीको केन्द्रीय कार्यालय आरम्भको तत्कालिन केन्द्रीय कार्यालय बनेपामा राखिएको छ भने अध्यक्षमा चौतारीका तत्कालिन अध्यक्ष जगत पोखरेल नै रहनु भएको छ ।

    अध्यक्ष पोखरेलले आरम्भ चौतारी लघुवित्त वितिय संस्थालाई नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको कार्यक्षेत्र रहने गरि स्विकृति प्राप्त भएपछि थप उत्साह थपिएको बताउनु भएको छ।

    उहाँले अव अन्य लघुवित्तहरुसँग पनि र्मज गर्ने गृहकार्य भइरहेको र त्यो प्रयास अन्तिम चरणमा पुगिसकेको जानकारी दिनुभयो ।
    चौतारी र आरम्भका बीचमा ०७६ जेठ २२ गते मर्जर सहमति भएको थियो ।

    त्यसपछि नेपाल राष्ट्र बैंकले गत फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले गत असार १ गते स्वीकृति दिएपछि एकीकृत कारोबार सुरु गरेका हुन् ।

    ‘आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था’को चुक्तापुँजी रु २६ करोड ३४ लाख ४८ हजार पुगेको छ । यस्तै, ३१ वटा जिल्लामा लघुवित्तको सेवा विस्तार भएको छ ।

     

     


    सोमवार, भाद्र २९ २०७७०७:५७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij