Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

स्थानीयलाई पेस्तोल ताक्ने इन्स्पेक्टरमाथि छानबिन सुरु

स्थानीयलाई पेस्तोल ताक्ने इन्स्पेक्टरमाथि छानबिन सुरु

  • आइतवार, पौष २४ २०७९

  • 519
    SHARES

  • स्थानीयलाई पेस्तोल ताक्ने इन्स्पेक्टरमाथि छानबिन सुरु
    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरु भएको छ ।
     
    जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरु गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताउनुभयो ।
     
    शंखरापुर नगरपालिका—३ बोझनीमा विद्युत् सबस्टेशन निर्माण गर्न लागेको विरोधमा स्थानीय बासिन्दाले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । गत शुक्रबार स्थानीय बासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए ।
     
    प्रहरी निरीक्षक बुढाथोकीले गैर व्यावसायिक अभ्यास गरेकाले छानबिनका लागि समिति बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी मैनालीले जानकारी दिनुभयो ।
     
    Nepal-police.jpg


    आइतवार, पौष २४ २०७९०४:१९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij