Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

गुल्मीको रेसुङ्गा विमानस्थलमा प्रदर्शनी उडान सफल 

गुल्मीको रेसुङ्गा विमानस्थलमा प्रदर्शनी उडान सफल 

  • आइतवार, पौष २४ २०७९

  • 294
    SHARES

  • गुल्मीको रेसुङ्गा विमानस्थलमा प्रदर्शनी उडान सफल 
    काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार(आज)को प्रदर्शनी उडान सफल भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा रहेको विमानस्थलमा तारा एयरको ९ एन–ए–एलओ कल साइन रहेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ बजे उडेको विमान ११ बजेर ४७ मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण भएको हो ।
     
    पहिलो पटक हवाई यात्रीका रुपमा गुल्मी आइपुगेका नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विमानस्थल निर्माणमा ढिलाइ हुँदा चिल उडेका फोटोहरू खिचेर ट्रोल बनाउने व्यक्तिहरूका कारण नियमित उडान चाँडो बनाउन सम्भव भएको बताउनुभयो । 
     
    ज्ञवालीले विमानस्थलको अवधारणा, शिलान्यास र सम्पन्न भएर नियमित उडानको प्रक्रियासम्मको सहयात्री बन्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।
     
    विमानमा पहिलो यात्रीका रुपमा गुल्मी आएकी एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले अब नियमित उडानको लागि तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले खर्च गर्ने क्षमता भएपछि नियमित उडान हुने तर सुविधाका लागि भन्दा पनि बिरामी हुँदाका लागि उडान हुनुपर्ने बताउनुभयो ।
     


    आइतवार, पौष २४ २०७९०२:५४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij