Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

तुइनबाट खसेर दार्चुलाका एक बालक महाकालीमा बेपत्ता

तुइनबाट खसेर दार्चुलाका एक बालक महाकालीमा बेपत्ता

  • शनिवार, पौष २३ २०७९

  • 452
    SHARES

  • तुइनबाट खसेर दार्चुलाका एक बालक  महाकालीमा  बेपत्ता

    काठमाडौं । दार्चुलामा तुइनबाट खसेर एक बालक महाकाली नदीमा बेपत्ता भएका छन्। दार्चुलाको व्यास गाउँपालिका–४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।

    नेपालबाट भारत जाने क्रममा डोकटस्थित कौनेणी तुइनबाट महाकाली नदीमा खसेर बालक विष्ट बेपत्ता भएका हुन्।  आफ्नी आमासँग बिहीबार बिहान भारततिर खर काट्न गएका विष्ट तुइनबाट नदीमा खसेको भएपनि व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे आज मात्र जानकारी आएको प्रहरीले जनाएको छ ।

    उनी ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।


    शनिवार, पौष २३ २०७९०३:०९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij