Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बुटवलमा सामूहिक कुटपिटबाट एक जनाको हत्या

बुटवलमा सामूहिक कुटपिटबाट एक जनाको हत्या

  • शुक्रवार, पौष २२ २०७९

  • 339
    SHARES

  • बुटवलमा सामूहिक कुटपिटबाट एक जनाको हत्या

    काठमाडौं । बुटवलमा सामूहिक कुटपिटबाट एक पुरुषको हत्या गरिएको छ । बुटवल उपमहानगरपालिका-१३ नागरिक टोलका ५५ वर्षिय यमप्रसाद नेपालको घरमै बसिरहेको बेला एक समूहले कुटपिट गर्दा ज्यान गएको हो ।

    आज साँझ ६ बजे स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएका अमृत पराजुली,अनिल पराजुली,खेम पाण्डे,गायत्री पराजुली लगायतले कुटपिट गर्दा नेपालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताउनुभयो ।

    डीएसपी थापाका अनुसार कुटपिटको प्रतिकार गर्दा यमप्रसादका दुई छोराहरु दीपेश र दिवस घाइते भएका छन् । कुटपिटपछि नेपाललाई नजिकैको एडमण्ड सिटी अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।


    शुक्रवार, पौष २२ २०७९०८:३२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij