Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोक पहिरो : मृतकको संख्या ११ पुग्यो, २० बेपत्ता

सिन्धुपाल्चोक पहिरो : मृतकको संख्या ११ पुग्यो, २० बेपत्ता

  • आइतवार, भाद्र २८ २०७७

  • 705
    SHARES

  • सिन्धुपाल्चोक पहिरो : मृतकको संख्या ११ पुग्यो, २० बेपत्ता

    काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका –७ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । उद्धारका क्रममा पछिल्लो पटक थप दुई जनाको शव भेटिएसँगै मृतकको संख्या ११ पुगेको बाह्रविसे नगरपालिकाका उपमेयर सुशीला पाख्रिनले जानकारी दिनुभयो ।

    पाख्रिनका अनुसार अझै २० जना बेपत्ता छन् । मृत्यु हुनेमा करण श्रेष्ठ, ज्ञानीमाया श्रेष्ठ, भक्तिमाया श्रेष्ठ, सर्किनी नेवार, जुनु विक, सुकलाल विक र सन्देश विक छन् ।

    त्यस्तै, धनलाल नेवार, हिरामाया नेवार, ट्यासी शेर्पा र ज्ञानीमाया प्रधानको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

    त्यसैगरी, चाङसाल र साङसारका १४–१४ घर विस्थापित भएका छन् । बेपत्ता भएकाहरूको सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ ।


    आइतवार, भाद्र २८ २०७७०३:०७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij