Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

निर्मला पन्त प्रकरणको अनुसन्धान टोली कञ्चनपुरमा : यसरी हुदैछ अनुसन्धान

निर्मला पन्त प्रकरणको अनुसन्धान टोली कञ्चनपुरमा : यसरी हुदैछ अनुसन्धान

  • बुधवार, पौष २० २०७९

  • 739
    SHARES

  • निर्मला पन्त प्रकरणको अनुसन्धान टोली कञ्चनपुरमा : यसरी हुदैछ अनुसन्धान

    काठमाडौं । निर्मला पन्त प्रकरणमा अनुसन्धान गर्न गठित अनुसन्धान टोली कञ्चनपुर पुगेको छ । कञ्चपुरकी १३ वर्षीया बालिका निर्मलाको २०७५ साउन ९ गते बलात्कारपछि हत्या भएको प्रकरणको अनुसन्धान गर्न गठित टोली कञ्चनपुर पुगेको हो।

    अनुसन्धान टोलीकी संयोजक डीआईजी दुर्गा सिंहसहितको टोली आज कञ्चपुर पुगेको हो भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का जुनियर प्रहरी अफिसरको एक टोली कञ्चनपुरमै बसेर उक्त घटनाको अनुसन्धान गरिरहेको छ। टोलीका अन्य केही सदस्य भने कञ्चनपुर जाने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ।

    उपप्रधान तथा गृहमन्त्रीको कमाण्ड सम्हालेलगत्तै आफ्नो पहिलो निर्णयमा नै रवि लामिछानेले पन्तलाई न्याय दिन अधिकतम पहल गर्ने बताउनु भएको थियो । उक्त निर्देशनपछि प्रहरी हेडक्वाटरले सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो।

    २०७५ साउन ९ गते साथीको घरमा पढ्न भनेर गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन्।


    बुधवार, पौष २० २०७९०५:५३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij