Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईँको संलग्नता, हत्याको योजना यस्तो थियो....

धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईँको संलग्नता, हत्याको योजना यस्तो थियो....

  • बुधवार, पौष २० २०७९

  • 463
    SHARES

  • धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईँको संलग्नता, हत्याको योजना यस्तो थियो....

    काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईँको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    गत पुस ९ गते ४० वर्षीय दासको आफ्नै घरमा बसिरहेका बेला गोली प्रहारबाट हत्या भएको थियो । हत्या आरोपमा मृतकका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिकाका रञ्जित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतले जनाएको छ ।

    उनीहरुलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनामा संलग्नको आरोप लागेका भारत बिहारको खजुली बस्ने आकाश भनिने सोनु मिश्रा फरार छन् ।

    मृतकका ज्वाइ उदय मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सवारी चालक छन् ।

    घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँ मिलेर धानुक दासको हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको दावी छ । धानुक गाउँमा मिस्त्री काम गर्थे ।

    यो विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी सार्वजनिक गराउने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


    बुधवार, पौष २० २०७९०२:१५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij