Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पाँचथरको फिदिममा आगलागी हुँदा दुईजनाको मृत्यु, दुई घाइते

पाँचथरको फिदिममा आगलागी हुँदा दुईजनाको मृत्यु, दुई घाइते

  • बुधवार, पौष २० २०७९

  • 231
    SHARES

  • पाँचथरको फिदिममा आगलागी हुँदा दुईजनाको मृत्यु, दुई घाइते

    काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

    स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका छोरी र बुहारीको मृत्यु भएको हो। मेघबहादुरकी छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले थाहाखबर जानकारी दिए।

    राईका अनुसार मेघबहादुर र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन्। आगलागीले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। करिब ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको राईले बताए।

    बिजुली ‘सट’ भएर आगलागी भएको अनुमान गरिएको छ।


    बुधवार, पौष २० २०७९०७:१०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij