Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आज यी स्थानमा हिमपातको सम्भावना

आज यी स्थानमा हिमपातको सम्भावना

  • बुधवार, पौष २० २०७९

  • 332
    SHARES

  • आज यी स्थानमा हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु लागेको छ।

    आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार भने प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    हिमाली भू-भागमा हल्का हिमपात र मध्य तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सुलाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


    बुधवार, पौष २० २०७९०६:५६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij