Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेपाली सेनाका उपरथी प्रेम शाही प्रहरी नियन्त्रणमा

नेपाली सेनाका उपरथी प्रेम शाही प्रहरी नियन्त्रणमा

  • मंगलवार, पौष १९ २०७९

  • 568
    SHARES

  • नेपाली सेनाका उपरथी प्रेम शाही प्रहरी नियन्त्रणमा

    काठमाडौँ । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ। सैनिक मुख्यालय जंगी अड्डाले सैनिक अनुशासन विपरीत र संगठन विपरीत गतिविधि गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको छ ।

    उमेर हदका कारण शाही भोली (बुधबार) पुस २० देखी सेनाबाट अवकासको पत्र बुझेर नियमित अवकासमा जाँदै थिए । तर आफ्नो वास्तविक उमेरभन्दा १ वर्ष बढी कायम गरिएको भन्दै शाही सैनिक मुख्यालय र रक्षा मन्त्रालयको निर्णयविरुद्ध दुई पटक सर्वोच्चसमेत पुगेका थिए ।

    सर्वोच्चले गत पुस १३ मा शाहीको पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकासमा पठाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि शाही आज नियमित कामको लागि जंगी अड्डा पुगेलगत्तै सैनिक प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    शाहीलाई अनुसन्धान पूरा नभएसम्म सैनिक मूख्यालयमा राखिने भएको छ ।


    मंगलवार, पौष १९ २०७९०३:२०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij