Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आज यी स्थानमा हिमपात र हुस्सुको सम्भावना

आज यी स्थानमा हिमपात र हुस्सुको सम्भावना

  • मंगलवार, पौष १९ २०७९

  • 254
    SHARES

  • आज यी स्थानमा हिमपात र हुस्सुको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको  छ।

    आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली  रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना  छ।

    हिमाली भू-भागमा हल्का हिमपात र तराईका   भू-भागमा  हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


    मंगलवार, पौष १९ २०७९०७:२२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij