Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आयल निगमलाई अटोमेशनमा लैजाने गरी काम भइरहेको छ : कार्यकारी निर्देशक पौडेल

आयल निगमलाई अटोमेशनमा लैजाने गरी काम भइरहेको छ : कार्यकारी निर्देशक पौडेल

  • आइतवार, भाद्र २८ २०७७

  • 1.1K
    SHARES

  • आयल निगमलाई अटोमेशनमा लैजाने गरी काम भइरहेको छ : कार्यकारी निर्देशक पौडेल

    काठमाडौं। नेपाल आयल निगम (एनओसी)का कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेपाल आयल निगमलाई पूर्ण पारदर्शी संस्थाको रुपमा विकास गर्न अटोमेशनमा लैजाने गरी काम भइरहेको बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्बादमा पत्रकार टीपी भुसालसँग कुरा गर्दै उहाँले कतिपय समस्याका बाबजुद पनि निगम सुधारको बाटोमा अघि बढिरहेको बताउनु भयो ।

    कार्यकारी निर्देशक पौडेलले अन्तर्राष्ट्रिय मूल्यमा हुने उतारचढावलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीलाई थप वैज्ञानिक र वस्तुनिष्ठ बनाइएको र यसलाई सबै आत्मसात गर्नुपर्ने बताउनु भयो ।

    मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माण सम्पन्न भइसकेको र अब देशका विभिन्न भागसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने गरी काम अगाडि बढेको र यसले समग्र ढुवानी प्रणाली र भण्डारलाई समेत सहज बनाएको पौडेलले जानकारी दिनुभयो ।

    निगमले भण्डारण क्षमता अभिवृद्धिको कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको भएपनि जतिबढि भण्डारण ग¥यो उती बढि घाटा हुनेभएकोले निगमले बढिमा ४५ दिनसम्म मात्र भण्डार गर्न सक्ने गरी पूर्वाधारमा जोड दिएको उहाँको भनाई छ ।

    चुहावट नियन्त्रण तथा अन्य अनुगमनका विषयमा कारबाही गरेरै कसैलाई तह लगाउने भन्दा पनि यस विषयमा सरोकारवाला आफै जिम्मेवार बन्नु पर्ने र निगमले पनि त्यो खालको प्रणाली विकास गर्दै लगिरहेको उहाँले बताउनु भयो ।

    एनओसीका कार्यकारी निर्देशक पौडलेसँग गरिएको विस्तृत कुराकानी तलको लिंकमा सुन्न सकिनेछ ।

    https://www.facebook.com/radionrn/videos/725052134742419


    आइतवार, भाद्र २८ २०७७०९:३२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij