काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पठाओ र इनड्राइभ लगायत राइडसेयरिङ सञ्चालन गरिरहेको रातो नम्बर प्लेटका सवारी साधनहरु तत्काल बन्द गर्न माग गरेको छ ।
निजी प्रयोजनका लागि दर्ता (रातो प्लेट) भएका सवारी साधनहरुले भाडामा यात्रु ओसारपसार गरी सार्वजनिक यातायात व्यवसायलाई प्रत्यक्ष असर परेको भन्दै तत्काल नै बन्द गर्न माग गरिएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले बताउनुभयो ।
यातायात व्यवस्था विभगालाई देशभर कानूनभन्दा बाहिर गएर सञ्चालन भएको सवारी साधनहरुलाई रोक लगाउन महासंघले माग गरेको छ ।