Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मजदुरी गर्न भारत गएका कैलालीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु

मजदुरी गर्न भारत गएका कैलालीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु

  • सोमवार, पौष १८ २०७९

  • 396
    SHARES

  • मजदुरी गर्न भारत गएका कैलालीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु

    काठमाडौं । रोजगारीका लागि भारत गएका कैलालीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु भएको छ। कोठामा सुतिरहेको अवस्थामा उनीहरुको निस्सासिएर मृत्यु भएको बताइएको छ।

    भारतको उत्तर प्रदेशको मेरठमा कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका उनीहरुको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ का डबलबहादुर दियाकोटीले बताउनुभयो।

    भारतको मेरठमा रोजगारी गर्दै आएका चुन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षीया छोरीको मृत्यु भएको वडाध्यक्ष दियाकोटीले बताउनुभयो।

    बन्द कोठामा कोइला बालेर सुतेका उनीहरु आज बिहान मृत भेटिएका हुन्।


    सोमवार, पौष १८ २०७९०२:३४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij