काठमाडौं । २६ वर्षीया पुष्पा न्यौपाने मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दामा सुधन संग्रौला पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बानेश्वरकी २६ वर्षीया पुष्पाले आत्मदाह गरेको मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले तीन दिनअघि अदालतको आदेशबाट सुधनलाई पुर्पक्षका लागि कारागार लगिएको बताउनुभयो ।
विवाह गर्ने सहमति पछि गरेको इन्गेजमेन्ट रद्द भएपछि पुष्पाले सुधनकोे धुम्बाराहीस्थित घर अगाडि पुगेर आत्मदाह गरेकी थिइन् । उनले आत्मदाह गर्दा सुधनसहित उनको परिवारले हेरिरहेको थियो ।