Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यस्तो रहने छ आजको मौसम

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यस्तो रहने छ आजको मौसम

  • सोमवार, पौष १८ २०७९

  • 466
    SHARES

  • पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यस्तो रहने छ आजको मौसम
    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको  जनाएको छ। देशका पहाडी भू—भागमा  आंशिक देखि सामान्य बदली रही तराईका थोरै  भू—भागमा हुस्सु लागेको अवस्था रहेको छ।     
     
    सोमबार(आज) प्रदेश नं १ को पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १ को पहाडी भू—भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी  प्रदेश र कर्णाली प्रदेशका हिमाली भू—भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     
    यस्तै मंगलबार पनि देशको पहाडी भू—भागमा आंशिक बदली तथा बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू—भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    सोमवार, पौष १८ २०७९०६:०८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij