Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • आइतवार, पौष १७ २०७९

  • 224
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौं उपत्यकाको आकाश पनि धुम्म छ ।

    दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ भने प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।

    सोमबार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

     


    आइतवार, पौष १७ २०७९०७:४२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij