Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

  • आइतवार, पौष १७ २०७९

  • 883
    SHARES

  • आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

    काठमाडौं । आज अङ्ग्रेजी नयाँवर्ष २०२३ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ। नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित सातौँ दिवश मनाउन लागिएको हो।

    मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए।

    नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।

    विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आ९आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।

    यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।


    आइतवार, पौष १७ २०७९०७:०८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij