Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ सुरु

आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ सुरु

  • आइतवार, पौष १७ २०७९

  • 287
    SHARES

  • आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ सुरु

    काठमाडौं ।  ग्रेरगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ सुरु भएको छ।

    जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने मान्यता रहेको छ। पोप ग्रेरगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेरगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। 

    जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको बताइन्छ। 

    विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ।

    पछिल्ला वर्षहरुमा नेपालमा पनि इस्वी सन् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ।

     


    आइतवार, पौष १७ २०७९०७:०१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij