Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कैलालीको गौरीगंगामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

कैलालीको गौरीगंगामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

  • शनिवार, पौष १६ २०७९

  • 349
    SHARES

  • कैलालीको गौरीगंगामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

    काठमाडौं । कैलालीको गौरिगंगामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

    गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनवेहडामा हाइस दुर्घटना भएको हो। कञ्चनपुरको महेन्द्रनगरबाट लम्कीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटनामा परेको थियो।

    दुर्घटनामा लम्की–चुहा नगरपालीका वडा नम्बर १ की ७३ बर्षिया कर्मा प्याकुरेलको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

    दुर्घटनाका घाइतेहरुलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरुको पहिचान खुल्न बाँकी छ।


    शनिवार, पौष १६ २०७९०२:१५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij