Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मापदण्ड विपरीत खटिएका १ सय ९४ सुरक्षाकर्मी फिर्ता

मापदण्ड विपरीत खटिएका १ सय ९४ सुरक्षाकर्मी फिर्ता

  • बिहिवार, पौष १४ २०७९

  • 412
    SHARES

  • मापदण्ड विपरीत खटिएका १ सय ९४ सुरक्षाकर्मी फिर्ता

    काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालिएका छन् ।

    बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी–सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर गराइएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

    मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो । त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो ।

    राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरुले पनि मापदण्ड विपरित सुरक्षाकर्मी राखेका छन् । तर, मन्त्रालयले उनीहरुको हकमा केही बोलेको छैन ।

    केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेताहरुको सुरक्षामा मापदण्ड विपरित खटिएकालाई पनि फिर्ता बोलाउने निर्णय भएको थियो । त्यही अनुसार हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा खोसिएपछि उहाँले आफ्नो सुरक्षामा जनमुक्ति सेना राख्नुभएको थियो ।

    पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सुरक्षाकर्मी कम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।


    बिहिवार, पौष १४ २०७९०६:५५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij