Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बागलुङ केन्द्रविन्दु भएर भूकम्प

बागलुङ केन्द्रविन्दु भएर भूकम्प

  • बुधवार, पौष १३ २०७९

  • 301
    SHARES

  • बागलुङ केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं । बागलुङ केन्द्र विन्दु भएर बुधबार बिहान तीन वटा भूकम्प गएको छ । बागलुङका विभिन्न स्थान केन्द्रविन्दु भएर तीन वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    बागलुङको अधिकारी चौर आसपास केन्द्र विन्दु भएर बिहान १ बजेर २३ मिनेट जाँदा ४ दशमलव ७ रेक्टर स्केलमो भूकम्प गएको हो । यस्तै, बिहान २ बजेर ७ मिनेट जाँदा बाग्लुङकै खुंगा आसपास केन्द्र विन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर नै केन्द्र विन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

    भूकम्पको झड्का छिमेकी जिल्लाहरुका साथै भारतीय सीमासम्मै महसुस गरिएको थियो । यी दुवै भूकम्पबाट कुनै क्षति भएको खबर भने आएको छैन


    बुधवार, पौष १३ २०७९०८:०८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij