काठमाडौं । अभिनेता पल शाहविरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतले नवलपुर जिल्ला अदालतको फैसला मगाउन आदेश दिएको छ ।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज नवलपुर जिल्ला अदालतमा शाहविरुद्ध रहेको जबरजस्ती करणी मुद्दाको स्थीतिबारे सोध्दै फैसलाको सक्कल फाइल माग गरेको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमला मोहनले जानकारी दिनु भयो ।
उहाँका अनुसार आज सरकारी वकिल र शाहको कानुन व्यवसायीहरु दुवैतर्फबाट बहस भएको छ । असोज २१ गते शाहलाई नवलपुर जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दा सफाइ दिएको थियो । तर, बालयौन दुरुपयोगको कसुरमा शाहलाई दोषी ठहर गर्दै दुई वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।