Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

डिएसपी ठगबहादुर केसी ३५ तोला सुनसहित प्रहरीकै नियन्त्रणमा

डिएसपी ठगबहादुर केसी ३५ तोला सुनसहित प्रहरीकै नियन्त्रणमा

  • सोमवार, पौष ११ २०७९

  • 480
    SHARES

  • डिएसपी ठगबहादुर केसी ३५ तोला सुनसहित प्रहरीकै नियन्त्रणमा

    काठमाडौं ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी सुनसहित पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको अनुसन्धान टोलीले केसीलाई निवासबाटै ३५ तोला सुन र २५ लाख रुपैयाँ नगद नियन्त्रणमा लिएको हो ।

    गत मंसिरमा बुटवलका एक वपारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो। केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ।

    केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ। व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो। करिब १३ महिना अघि केसी बुटवल गएका थिए।


    सोमवार, पौष ११ २०७९०१:५९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij