Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टा नबित्दै ६ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टा नबित्दै ६ जना कोरोना संक्रमितको मृत्यु

  • शनिवार, भाद्र २७ २०७७

  • 1.0K
    SHARES

  • पछिल्लो २४ घण्टा नबित्दै ६ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो पटक नेपाल थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा ३, पोखरामा एक, रुपन्देहीमा एक र चितवनमा एक गरी ६ जना संक्रमितको मत्यु भएको हो । ललितपुरको पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।

    पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । यही भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु हो । ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ७२ वर्षीय पुरुषको यही भदौ १७ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

    यस्तै ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुरकै ३८ वर्षीय पुरुषको पनि आज बिहान मृत्यु भएको छ । उनी हिजो मात्रै अस्पतालमा भर्ना भएका थिए ।

    उता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
    स्याङ्जाको पुतलीबजार नगरपालिका १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

    यस्तै, रुपन्देहीमा पनि थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
    भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यसैगरी, भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका २ का ४६ वर्षीय पुरुष रहेका छन् ।

    बिहीबार राति मृत्यु भएपछि गरिएको नमुना परीक्षणमा उनमा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । अन्य दुईजनाको भने नतिजा नेगेटिभ आएको छ ।


    शनिवार, भाद्र २७ २०७७११:५०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij