Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देवचुलीमा एकैपटक थपिए ३४ कोरोना संक्रमित

देवचुलीमा एकैपटक थपिए ३४ कोरोना संक्रमित

  • शनिवार, भाद्र २७ २०७७

  • 975
    SHARES

  • देवचुलीमा एकैपटक थपिए ३४ कोरोना संक्रमित

    दिपेश कडरिया, देवचुली । नवलपुरको देवचुली नगरपालिकामा ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बुधबार देवचुली नगरपालिकाका १ सय १९ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकामध्ये एकैपटक ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये २८ जना कन्ट्याक्ट ट्रेसिङ्गका क्रममा पुष्टि भएकाहरु हुन् । नगरपालिका स्वास्थ शाखाले दिएका जानकारी अनुसार संक्रमितहरु देवचुली नगरपालिकाका वडा नम्बर ४, ७, ८, ९, १०, ११ र १४ का ७ महिला र २७ पुरुष छन् ।

    यो सँगै देवचुली नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ । देवचुली जिल्लाकै सबैभन्दा बढी कोरोना प्रभावित पालिका हो ।


    शनिवार, भाद्र २७ २०७७१०:१८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij