Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

१५ बुँदे घोषणापत्र जारी गर्दै पत्रकार महासङ्घको साधारणसभा सम्पन्न

१५ बुँदे घोषणापत्र जारी गर्दै पत्रकार महासङ्घको साधारणसभा सम्पन्न

  • आइतवार, पौष १० २०७९

  • 416
    SHARES

  • १५ बुँदे घोषणापत्र जारी गर्दै पत्रकार महासङ्घको साधारणसभा सम्पन्न

    काठमाडौं । १५ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घको साधारणसभा सम्पन्न भएको छ ।

    घोषणापत्र मार्फत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीन वटै तहका सरकारलाई आग्रह गरिएको छ ।

    सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवा सुविधाका सन्दर्भमा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने अव्यवहारिक व्यवस्था तत्काल खारेज गर्न घोषणापत्र मार्फत माग गरिएको छ ।

    श्रमजीवी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बीमाबारे यसअघि सरकारले गरेका निर्णयको प्रभावकारी कार्यान्वयनका लागि माग गरिएको छ ।

    यस्तै सञ्चार प्रतिष्ठानका विषयवस्तु र संरचनालाई लैङ्गिक, समावेशी र अपाङ्तामैत्री एवं कार्यस्थललाई सुरक्षित बनाउन सबै सञ्चार प्रतिष्ठानलाई आह्वान समेत गरिएको छ ।

    सुर्खेतमा शुक्रवारदेखि सुरु भएको साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन समेत पारित गरेको छ ।


    आइतवार, पौष १० २०७९०८:५८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij