Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आज क्रिसमस डे, सार्वजनिक विदा

आज क्रिसमस डे, सार्वजनिक विदा

  • आइतवार, पौष १० २०७९

  • 436
    SHARES

  • आज क्रिसमस डे, सार्वजनिक विदा

    काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिनको सम्झनामा आइतबार क्रिसमस डे मनाइँदैछ। ​ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन्। 

    २०२२ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको दिनको अवसरमा सबैको कल्याण होस् भन्ने कामनासहित चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस मनाइन्छ।

    क्रिसमस डे नेपालमा भने वि.सं. २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालिएको हो। ​क्रिसमसका अवसरमा पर्यटकीय क्षेत्र ठमेल, पोखरा, सौराहालगायत स्थलमा रमझम देखिएको छ।

    क्रिसमसको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ।


    आइतवार, पौष १० २०७९०७:२२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij