Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकामा नेपाली दूतावासको गाडीसहित रकम लुटपाट

अमेरिकामा नेपाली दूतावासको गाडीसहित रकम लुटपाट

  • शनिवार, पौष ९ २०७९

  • 424
    SHARES

  • अमेरिकामा नेपाली दूतावासको गाडीसहित रकम लुटपाट

    काठमाडौं। अमेरिकामा नेपाली दूतावासको गाडी लुटपाट भएको छ। अमेरिकाको ह्यूस्टनमा नेपाली राजदूतावासले कन्सुलर सेवा शिविर सञ्चालनमार्फत जम्मा गरेको रकमसहितको गाडी लुटिएको हो ।

    राजदूतावासले १५ देखि २० डिसेम्बरसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गर्दा सेवाग्राहीबाट शुल्कबापत जम्मा भएको ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ लुटिएको हो ।

    वासिङटनस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी र कुटनीतिक सुरक्षा महाशाखालगायत निकायहरूमा उजुरी गरिसकेको र लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिने प्रयास भइरहेको जनाएको छ ।

    ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको गाडी दिउँसो १२ बजे तोडफोड भई लुटिएको उल्लेख हो ।


    शनिवार, पौष ९ २०७९०१:२५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij