Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चीनमा कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि नेपालमा सतर्कता, सरकारले चाल्यो यस्तो कदम

चीनमा कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि नेपालमा सतर्कता, सरकारले चाल्यो यस्तो कदम

  • बिहिवार, पौष ७ २०७९

  • 496
    SHARES

  • चीनमा कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि नेपालमा सतर्कता, सरकारले चाल्यो यस्तो कदम

    काठमाडौं। चिनमा कोरोनाको नया भेयिन्ट फेला परेपछि नेपालले पनि सतर्कता अपनाउने भएको छ ।

    नेपालसँग सीमा जोडिएको चीनमा कोरोनाको नयाँ सबभेरियन्ट बी.एफ-७ देखिएसँगै नेपालले पनि सचेत बनेको हो। चीनमा यसका संक्रमितको संख्या तिब्र रुपमा बढ्दो क्रममा देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मनत्रालयले नेपालमा कोरोना संक्रमणको संख्या घटे पनि विश्वव्यापीरूपमा केही देशहरूमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढिरहेको बताएको छ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट सुसूचित हुँदै सजग हुन आवश्यक रहेको बताउनुभयो।

    जसअनुसार ओमीक्रोन भेरीएन्ट बीए-२, बीए २.७५, बीए २.७५.१, बीए २.७५.२, बीए २.७५.३, बीए २.७५.५, बीए २.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५.२.१,बी.एम.१, बिएम १.१.३, बिएन १.३,बी क्यूब १.१,बिक्यूव १.२,बि.वाइ.१ पुष्टि भएका छन्। 

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएका बी.एफ-७ हालसम्म नेपालमा पुष्टि भएको छैन। चीनमा संक्रमित संख्या बढेपछि भारतले पनि उच्च सतर्कता अपनाएको छ।


    बिहिवार, पौष ७ २०७९०५:५३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij