Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कुख्यात ‘बिकिनी किलर’ शोभराज आज जेलबाट छुट्दै

कुख्यात ‘बिकिनी किलर’ शोभराज आज जेलबाट छुट्दै

  • बिहिवार, पौष ७ २०७९

  • 307
    SHARES

  • कुख्यात ‘बिकिनी किलर’ शोभराज आज जेलबाट छुट्दै

    काठमाडौं । कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज आजै छुट्ने भएका छन्। न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गर्न दिएको आदेश कार्यान्वयन गर्दै रिहाईको तयारी गरिएको हो।

    केन्द्रीय कारागार सुन्धारामा १९ वर्षभन्दा लामो जेल जीवन बिताइरहेका शोभराज सर्वोच्चको उक्त आदेशसँगै जेल जीवनबाट बाहिर निस्कने भएका हुन्।

    सर्वोच्चले भक्तपुर जिल्ला अदालतलाई फैसला कार्यान्वयका लागि पठाइसकेको छ। भक्तपुर जिल्ला अदालतले बिहीबार नै कारागार कार्यालय जगन्नाथदेवललाई पत्र पठाउने तयारी गरेको छ। पत्र पुगेपछि उनी औपचारिक रुपमा आजै रिहाई हुनेछन्।

    सर्वोच्चले भनेजस्तो १५ दिनभित्र फ्रान्स पठाउनुपर्ने हुन्छ। त्यतिन्जेलका लागि अध्यागमनको निगरानीमा शोभराजलाई राख्ने स्रोतले बताएको छ ।

    फ्रान्सेली नागरिक शोभराज सन् २००३ मा नेपालमा पक्राउ परेका थिए। कर्तव्य ज्यानको मुद्दामा उनलाई जिल्ला अदालत भक्तपुरले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।


    बिहिवार, पौष ७ २०७९०१:३८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij