Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

देशका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो

देशका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो

  • बिहिवार, पौष ७ २०७९

  • 327
    SHARES

  • देशका अधिकांश स्थानमा  बिहानैदेखि हुस्सु र कुहिरो

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । बिहानैदेखि काठमाडौंसहित देशका पहाडी तथा तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको मौसमविद्हरुले बताएका छन् ।

    हाल नेपालको पूर्वी भू–भागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको हो ।

    काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ ।

    हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ । बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

     


    बिहिवार, पौष ७ २०७९१०:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij