Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • बुधवार, पौष ६ २०७९

  • 390
    SHARES

  • रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    तिलोत्तमा नगरपालिका-५ मणिग्राममा आज भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल आज बिहान पौने २ बजे दुर्घटनामा परेको थियो ।


    बुधवार, पौष ६ २०७९०५:१५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij