Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आज यी स्थानमा हिमपातको सम्भावना

आज यी स्थानमा हिमपातको सम्भावना

  • मंगलवार, पौष ५ २०७९

  • 445
    SHARES

  • आज यी स्थानमा हिमपातको सम्भावना

    काठमाडौं । हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

    आज दिउँसो प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। राती प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    वर्षा र हिमपातको सम्भावना रहेका पहाडी क्षेत्र तथा तराईमा हुस्सु लाग्ने हुँदा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    मंगलवार, पौष ५ २०७९०७:०७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij