Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

झापाको जङ्गलमा दुई जनाको शव फेला

झापाको जङ्गलमा दुई जनाको शव फेला

  • सोमवार, पौष ४ २०७९

  • 596
    SHARES

  • झापाको जङ्गलमा दुई जनाको शव फेला

    काठमाडौं । झापाको मेचीनगरपालिकास्थित चारआली जङ्गलमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । आज अपराह्न महिला र पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    महिलाको शव भुँइमा र पुरुषको शव रुखमा झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेलगत्तै प्रहरी पुगेर आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो ।

    शवको पहिचान खुल्न सकेको छैन । शवको पहिचान र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आत्महत्या वा हत्या भन्ने विषयमा अहिले नै केही भन्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

    भेटिएका शव अन्दाजी ३५ देखि ४० वर्ष उमेर समूहको रहेको प्रहरीको भनाइ छ ।


    सोमवार, पौष ४ २०७९०५:२९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij