Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

दिनदहाडै सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, अत्तरियामा पसल बन्द

दिनदहाडै सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, अत्तरियामा पसल बन्द

  • सोमवार, पौष ४ २०७९

  • 419
    SHARES

  • दिनदहाडै सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, अत्तरियामा पसल बन्द

    काठमाडौं । कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेका छन् । दिनदहाडै गोली प्रहार गरी व्यवसायीमाथि लुटपाट भएको भन्दै सुरक्षा र आक्रमणकारीलाई पक्राउको माग गर्दै पसल बन्द गरेका हुन् ।

    व्यवसायीहरूमा त्रास बढेको र सुरक्षाको अनुभूति नभएको भन्दै व्यवसाय बन्द गर्नुपरेको सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले बताउनुभयो । उहाँले व्यवसायीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्नसमेत प्रहरीसँग माग गर्नुभएको छ ।

    सोमबार साँझ गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतममाथि मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको थियो । सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर उनीसँग रहेको करिब ३३ तोला सुन लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

    उहाँले सीसी क्यामेराको भिडियोका आधारमा अनुसन्धान भइरहेको बताउनुभयो । अहिलेसम्म आक्रमणमा संलग्नहरू भने पक्राउ परेका छैनन् । गोली लागेर घाइते भएका गौतमको अवस्था खतरामुक्त छ । उनीमाथि दुई गोली प्रहार भएको थियो ।

     


    सोमवार, पौष ४ २०७९०२:१३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij