काठमाडौं । कैलालीको घोडाघोडीमा आगोले जलेर ६० वर्षीय वृद्धको मृत्यु भएको छ । गएराति घोडाघोडी नगरपालिका–११, आम्बाँसाका ६० वर्षीय जितबहादुर डगौराको आगोले जलेर मृत्यु भएको हो ।
घरनजिकैको झुपडीमा सुतिरहेको अवस्थामा चुलोमा बालेको आगोबाट आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
आगलागीबाट झुपडी पूर्ण रूपमा जलेर नस्ट भएको बताइएको छ ।