Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

चलचित्र संघले विकास बोर्ड र भुवन केसिविरुद्ध आन्दोलन गर्ने

चलचित्र संघले विकास बोर्ड र भुवन केसिविरुद्ध आन्दोलन गर्ने

  • शनिवार, पौष २ २०७९

  • 465
    SHARES

  • चलचित्र संघले विकास बोर्ड र भुवन केसिविरुद्ध आन्दोलन गर्ने

    काठमाडौं ।नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्ने भएको छ। बोर्डले सिनेमा हलको व्यवसाय नै विस्थापन गर्ने गरी काम गरिरहेको भन्दै संघले आन्दोलनको तयारी गरेको हो ।

    यसका लागि संघले पुस ६ गते बुधबार काठमाडौंमा नेपाल चलचित्र संघका सदस्यहरूको बृहत् भेला गर्ने भएको छ।आन्दोलनको स्वरुपको तयारी गर्न संघले काठमाडौंमा भेला आयोजना गर्न लागेको हो ।

    फिफा विश्वकप म्याच हलमा देखाउन भन्दै सुरुमा इमेल नै गर्ने तर पछि हलले सम्पूर्ण तयारी गरिसके पछि म्याच हलमा देखाए कारबाही गर्ने बोर्डले चेतावनी दिएपछि संघ रुष्ट बनेको थियो ।

    बोर्ड अध्यक्ष भुवन केसीले विभिन्न बाहनामा सिनेमा हलको व्यवसाय धरासायी बनाएको संघले बताउँदै आएको छ । संघका महासचिव नरेन्द्र महर्जनले आवश्यक परे भुवनविरुद्ध अदालत जाने चेतावनी दिनुभएको छ । ।


    शनिवार, पौष २ २०७९०१:२४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij