Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कमला घिमिरेले मागिन् माफी, यस्तो लेखिन् फेसबुकमा स्टाटस

कमला घिमिरेले मागिन् माफी, यस्तो लेखिन् फेसबुकमा स्टाटस

  • शुक्रवार, पौष १ २०७९

  • 2.6K
    SHARES

  • कमला घिमिरेले मागिन् माफी, यस्तो लेखिन् फेसबुकमा स्टाटस

    काठमाडौं । बालगायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी माग्नुभएको छ ।

    सुमन परियारसँग मिलेर गाएको उक्त गीतप्रति अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

    जबर्जस्ती करणीबारेका हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको आरोप उनिमाथि लागेको छ।

    कमलाले आफूले गाएको गीत कुनै योजना बनाएर स्कृप्ट तयार पारेर कसैको जीवन बर्बाद पार्ने गरी नभएको बताउनुभएको छ ।

    उनले लेखेकी छन्– सबैलाई नमस्ते म हजुरको छोरी र बहिनी कमला घिमिरे। सर्वप्रथम त सबैलाई यो जानकारी गराउँछु कि छहारी युट्युब च्यानलमा अपलोड भएको दोहोरी जसलाई अहिले विभिन्न टिकाटिप्पणी गरिएको छ त्यो कुनै प्लान गरेर डलरकै लागि भनेर सोचेर, सम्झेर कुनै स्कृप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्नेगरी गाइएको गीत होइन। तर पनि त्यो गीतलाई जसरी अहिले बुझिएको छ र जुन तरिकाले हल्ला गरिएको छ, यो देख्दा चाहिँ म आफैं पनि छक्क छु अझ बढी दुस्खी छु। राम्रै गरि हेरेरै हिँड्दा पनि त कहिलेकाहीँ ठेस लाग्ने गर्छ। हो त्यस्तै भयो दाइ सुमन परियारसँग मैले गीत गाउँदा गाउन बसियो गाउँदै जाँदा माया पिरतिको कुरा आयो माया पिरतिको कुरा आउँदा जान–अन्जानमा केही त्यस्ता शब्द आए जुन कसैलाई लक्षित गरेझैं भयो। बुझाई सकारात्मक भन्दा नकारात्मक भयो। जसरी अहिले दिदी समीक्षा अधिकारीलाई लक्षित गरेर गीतलाई सामाजिक सञ्जालमा भाइरल गरिएको छ। यो कुराले दिदीलाई पर्न गएको असर, दिदीको आत्मसम्मानमा पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु। आफ्नै सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला। आइन्दा यस्तो गल्ती हुनेछैन र अर्को कुरा जसरी अग्रज कलाकारहरुले यो गीतलाई लिएर पक्ष–विपक्ष गर्दै बोल्नुभएको छ। म बाट गल्ती हुँदा मलाई सम्झाएको भए म कति खुसी हुन्थेँ होला। हजुरको उपदेश शिरोधार्य गर्थें होला। तर, मन क्षतविक्षत हुनेगरी लेखियो बोलियो। यसले एकदम दुस्खी बनायो। खैर, केही छैन अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु। हजुरहरुले माया गरेर मनमा राखेको कमला त्यो मनबाट हट्न चाहान्नँ। सँधै हजुरहरुकै प्रिय बन्न पाउँ, गीत संगीतमै रम्न पाउँ। कहीँकतै बिराएछु भने सल्लाह सुझाव दिँदै गर्नु है। र, अन्त्यमा फेरि पनि माफी माग्दछु ।
    हजुरकै कमला ।


    शुक्रवार, पौष १ २०७९०७:००:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij